जापान ८० रनमा प्याक, सुभम खनालले लिए ५ विकेट
काठमाडौ : एसीसी मेन्स यु–१६ इस्ट जोन कपमा जापानले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ। मलेसियामा जापानले टस जितेर ब्याटिङ गर्दै ३४औँ ओभरमा सबै विकेट गुमाएर ८० रन मात्र बनायो।
जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्वाधिक ३६ रन बनाए। उनलाई सुभम खनालले आउट गरे।
उनले जापानका कप्तानसहित ५ जनालाई आउट गरे। जापानका गाबी हाराहिन्जेले १३ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
जापनालाई सस्तैमा रोक्न खनाल बाहेक अभय यादवले दुई तथा सुशिल बहादुर रावल र सचिन भट्टले एक विकेट लिए।
प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्।
त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन्।
नेपालले तेस्रो खेलमा आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा साविक बिजेता नेपालले भुटानसँग खेल्ने तालिका छ।
हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ।
नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो। थाहा खबर
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam