सामाजिक सञ्जाल दर्ता गर भन्दा ‘विधेयक नभएको देश भनेर हेपे’ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल दर्ता गर भन्दा ‘सोसल मिडिया नियमन गर्ने विधेयक पनि नभएको देश’ भनेर हेपेको खुलासा गरेका छन्।
उनले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक बनाइसकेपछि पनि दर्ता नहुने फेसबुक लगायतका सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्ने बताएका छन्।
सञ्चार मन्त्रालयले तीनपटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत दर्ता नभएको भन्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक बनाइरहेको बताए। उनले विभिन्न माध्यमबाट सम्पर्क गरेर उनीहरूसँग छलफल गर्दा सोसल मिडिया नियमन गर्ने विधेयक पनि नभएको देश भनेर हेपेर बोल्ने गरेको बताए।
सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने र नेपालको कानून मान्नुपर्ने भन्दै विधेयक पास भएसँगै यसको समस्या समाधान हुने विश्वास व्यक्त गरे।
मन्त्री गुरुङले भने, ‘सामाजिक सञ्जाललाई तीनपटक आह्वान गर्दा उनीहरू आएनन्। विभिन्न च्यानल प्रयोग गरी सम्पर्क गर्यौँ। तिमीहरूको देश सोसल मिडिया नियमन गर्ने विधेयक नभएको देश भनेर आलोचना गरे। सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ। नेपालको कानून मान्नुपर्छ। नेपालको नियम कानून नमान्नेहरू र नियम नमान्नेहरूलाई सधैँ मानिराख्नुपर्छ भन्ने छैन।’
उनले नेपालको कानून नमान्नेहरूलाई सधैँ मान दिन नसकिने बताए। थाहा खबर
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam