गर्मी र बर्खासँगै देशभर सरुवा रोगको सङक्रमण बढ्न थाल्यो
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामी बढ्न थालेका छन् । गर्मी अनि मनसुनको बेला पानी पर्नेक्रम बढेसँगै सङक्रामक रोगका बिरामी बढ्न थालेका हुन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आकश्मिक कक्षमै अहिले दैनिक सरदर सात जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा सबैभन्दा धेरै झाडापखालाका बिरामी बढेका छन् ।
अस्ति सोमवारसम्म काठमाण्डौमा १९७, ललितपुरमा ६०, भक्तपुरमा ५५, काभ्रेमा ३७ र पर्सामा ४९ जना झाडापखालामा बिरामी फेला परेका छन् । यस्तै भक्तपुरमा ३७, दोलखामा ४, रुपन्देहीमा ३, भोजपुरमा २ र खोटाङमा २ जना हैजाका लक्षण भएका बिरामी छन् ।
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार बर्खाको समय, चर्को गर्मी तथा खानपानको कारण ज्वरो, हैजा तथा झाडापखालाका बिरामी बढेका हुन् ।
पानीजन्य सङक्रमण रोगको जोखिम बढ्ने यो बेला व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनुपर्ने अनि विशेषगरी पालिकाले आवश्यक सतर्कता अपनाउनुपर्नेमा उहाँको जोड छ ।
सरुवा रोगबाट जोगिन व्यक्तिगत सरसफाइ निक्कै महत्त्वपूर्ण रहेको सुमेरु अस्पतालका जनरल फिजसियन डा.सरोज थापाले बताउनुभयो । बर्खामा पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक रहेको डाक्टरले बताएका छन् ।
त्यस्तै बासी खानेकुरा नखाने, भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र ताजा खानेकुरा खानुपर्ने र स्वास्थ्य समस्या भइहालेमा तुरुन्त अस्पताल जान डा.थापाको सल्लाह छ । वैखरी
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam