निजी बैंकलाई विदेशमा शाखा खोल्न दिनु ‘चोरलाई चौतारो’ ठहर्छ : प्रेम सुवाल
काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा निजी बैंकको शाखा खोल्न दिनु ‘चोरलाई चौतारो हुने टिप्पणी गरेका छन्।
आइतवारको अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। सरकारी बैंकलाई दिने कि निजी बैंकलाई शाखा खोल्न दिने बाफियामा प्रष्ट नभएको भन्दै निजीलाई दिए त्यो खतरनाक हुने तर्क गरे।
उनका अनुसार बैंकलले गरेको अनुगमनका प्रतिवेदन गोप्य राख्न नहुने बताए। सुवालका अनुसार अनुगमन गरेका प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।
सुवालले भने‚ ‘बैंकको शाखा विदेशमा खोल्न दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको रहेछ। निजी बैंकको शाखा खोल्न दिए चोरलाई चौतारो हुन्छ। विदेशी बैंकमा खाता खोल्न पनि दिनुहुँदैन। जिल्लाका बैंकमा खाता खोल्ने, कर्जा लिने वातावरण बनाउनुपर्छ।’
उनका अनुसार फौजदारी अभियोग लागेकाहरूलाई सार्वजनिक ठाउँमा जान दिनु हुँदैन। फौजदारी अभियोगमा पुष्टि भएपछि सार्वजनिक पदमा जान दिनु भनेको अपराध गर्न प्रोत्साहन गर्नु रहेको उनको भनाइ छ। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam