कुलिङ पिरियड चलखेल : छानबिन गर्न ७ सदस्यीय संसदीय समिति गठन
काठमाडौं : संघीय निजामति सेवा विधेयकको कुलिङ पिरियडको चलखेलबारे छानबिनका लागि संसदीय समिति गठन भएको छ।
दलहरूले सभामुख देवराज घिमिरेलाई दिएको नामावलीका आधार सात सदस्यीय समिति गठन गरिएको हो।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका २-२ जना छन् भने नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक एक जना सदस्य रहेका छन्।
सभामुखको सचिवालयका अनुसार समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य रहेका छन्।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन्।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिलाई अध्ययन अनुसन्धानका लागि २१ दिनको समयावधि दिइएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको थियो। तर प्रतिनिधि सभाबाट पास भएर आउँदा मुख्यसचिव, सचिव र सहसचिवका हकमा कुलिङ पिरियड लागू नहुने प्रावधान थपिएको भन्दै विरोध भएको थियो।
विधेयकमा भएको गडबडीबारे कसैले पनि जिम्मा नलिएपछि संसदीय छानबिन विशेष समिति नै बनाइएको हो। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam