‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकहरूलाई आगामी वर्षका कार्यक्रम बनाउन सहज हुनेछ’
काठमाडौँ : नेपाल राष्ट्रबैंकका उच्च अधिकारीहरूले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी मौद्रिक नीति ल्याइएको दावी गरेका छन्।
मौद्रिक नीति सार्वजनिकपछि राष्ट्रबैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रबैंकका कार्यकारी निर्देशक रामशरण खरेलले निकै तयारी गरेर मौद्रिक नीति ल्याइएको बताए।
खरेलले भने‚ ‘राष्ट्रबैंक ऐनले पनि आगामी वर्षको मौद्रिक नीति तर्जुमा गर्ने भनेको छ। यही महिनामै ल्याउनुपर्ने हो। अहिले छिटो मौद्रिक नीति ल्याएपछि अबको यही महीनामै आवश्यकतानुसार तयारी गर्न सहज हुनेछ। १-२ गते नै सर्कुलर गरेर मौद्रिक नीतिलाई कार्यान्वयनमा लैजानेछौं। नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै कार्यान्वयनको गति बढ्नेछ।’
नेपाल राष्ट्रबैंकका अर्का कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष शुरु हुनुअगावै मौद्रिक नीति ल्याउन कोसिस गरिने बताए। आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पूरा गर्न सहज हुने उनको विश्वास छ।
उनले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरूलाई मौद्रिक नीतिले समेटेको जानकारी दिए। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam