रसुवा बाढीः ११ जनाको शव फेला, १७ अझै बेपत्ता

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ।

सरकारले आइतबारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो। आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला परेको बताए।

उनले कुनै मानव अंग मात्रै पनि फेला परेको बताए। अहिलेसम्म पनि १७ जना बेपत्ता रहेको जानकारी दिए। उनकाअनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको छ। स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको पनि बताए।

२३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको बताए। २ वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको बताए। स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोसिमटर सडक धेरै ठाउँमा क्षति भएको बताए।

उक्त सडक खण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्ण रुपमा क्षति भएको बताए। तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० मा धेरै क्षति भएको बताए। बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा—चीनको आवतजावत पूर्ण रुपमा बन्द भएको बताए। थाहा खबर

रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…

TOP