विपि स्मृति अस्पतालद्वारा ४३ औँ विपि कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै
काठमाडौं : लोकतान्त्रिक विचारका अग्रणी नेता विपि कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा भोलि बिहान ८ बजे विपिस्मृति अस्पताल, वसुन्धरामा विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएका छन्।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमहरूको मूल उद्देश्य विपि कोइरालाको विचार र योगदानको स्मरण गर्नु रहेको विपि स्मृति अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए ।
दिवसको मुख्य आकर्षणस्वरूप ‘देश विकास र देशवासीको उन्नतिको आधार: वि.पी. विचार’ विषयक विचार गोष्ठी आयोजना गरिने छ। उक्त गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता रहने अध्यक्ष रायमाझीले जानकारी दिए ।
यसै अवसरमा, पूर्वअध्यक्ष डा.शेखर कोइरालाले विपिस्मृति अस्पतालमा फलफूल वितरण कार्यक्रमको उद्घाटन गर्नेछन्। अस्पतालकै आयोजनामा रक्तदान कार्यक्रम पनि तय गरिएको छ, जसको शुभारम्भ महामन्त्री विश्वप्रकाश शर्माले स्वयं रक्तदान गरेर गर्नेछन्। इच्छुक रक्तदाता महानुभावहरूलाई सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ।
स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको समेत आयोजना गरिएको छ। साथै, पूर्वमन्त्री शशांक कोइरालाको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।
विपि कोइरालाको स्मृतिमा विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत ऐतिहासिक चलचित्र’नालापानी´को विशेष प्रदर्शनसमेत गरिनेछ।
विपिस्मृति अस्पताल २०६४ साल असोज १३ गते स्थापना भएको हो। स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा केन्द्रित यस संस्थाले सातै प्रदेशका जनतालाई लक्षित गरी सेवा दिँदै आएको छ।
हाल अस्पतालबाट विशेषज्ञहरूमार्फत विभिन्न रोगको उपचार तथा शल्यक्रियासमेत उपलब्ध गराइँदै आएको छ। स्टाफ नर्स र हेल्थ असिस्टेन्ट तहमा नियमित पढाइ सन्चालनमा रहेको संस्थाले २०६९ सालदेखि वार्षिक ४० जना स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ।
अस्पतालले लोपोन्मुख जातजाति, अति गरिब र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ भने अन्य सेवामा पनि १०–२५ प्रतिशतसम्म छुट प्रदान गर्दै आएको छ। हालै मातातीर्थमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। आगामी दिनमा देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्यसहित विरगञ्जमा सेवा सुरु गर्ने तयारी गरिएको छ। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam