परिवर्तन र आन्दोलन नदेखेकाले गृहमन्त्रीको राजीनामा मागे : काँग्रेस सांसद भट्ट
काठमाडौँ : नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले परिवर्तन र आन्दोलन केही नदेखेकाहरूले गृहमन्त्रीको राजीनामा मागिरहेको भन्दै आपत्ति जनाए।
राष्ट्रियसभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले विपद्जन्य घटना बढिरहेको उल्लेख गर्दै यस्तो आपत्ति प्रकट गरेका हुन्। उनले नागरिकको गास, वास र कपासको व्यवस्था गर्न ध्यानाकर्षण गराए।
उनले मधेश प्रदेशमा खानेपानीको हाहाकार भएको उल्लेख गर्दै मधेशवासीलाई खानेपानी उपलब्ध गराउन पनि माग गरे। उनले राष्ट्रियसभा सदस्यहरूको भूमिका र उमेरलाई लिएर प्रश्न नगर्न चेतावनी दिए।
सांसद भट्टले भने, ‘एकथरी आन्दोलन के हो ? जेल के हो ? परिवर्तन के हो ? जसलाई केही पनि थाहा छैन उनीहरू छिसिक्क केही भयो कि राजीनामा माग्छन्। मलाई त राति निद्रामा बिउँझिदा पनि राजीनामा नै भन्छन् कि जस्तो लाग्छ।’ थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam