‘नेतृत्वमा टिकिरहन अनेकौँ अवाञ्छित उपायहरू अवलम्बन गर्ने स्थिति देखा पर्यो’
काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले कम्युनिष्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भीर समस्याका रुपमा देखा परेको बताएका छन्। उनले नेतृत्वमा टिकिरहने अनेकौँ वाञ्छित/अवाञ्छित प्रयत्नहरू गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि वैध/अवैध उपायहरू अवलम्बन गर्ने स्थिति बनेको उल्लेख गरेका छन्।
एमालेको भावी नेतृत्व केपी शर्मा ओलीबाट विद्यामा हस्तान्तरण हुनुपर्नेमा पक्षमा रहेका नेता थापाले सामाजिक संजालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, ‘…यसले नेतृत्वको सहज हस्तान्तरणमा मात्रै बाधा पुर्याएको छैन, नेतृत्व परिवर्तनको लागि अस्वस्थ होडबाजी, गुटबन्दी र षड्यन्त्रमूलक क्रियाकलापलाई पनि जन्माउने काम गरेको छ । यसले आजको तीब्र प्रतिस्पर्धाको समयमा युवा पुस्ताबाट नेतृत्वको विकासमा अवरोध सिर्जना गरिरहेको छ । परिस्थितिले यस समस्याको समाधानको लागि ठोस र मूर्त प्रबन्धको माग गरिरहेको छ ।’
नेता थापाले आफ्ना अन्धसमर्थकहरूका हितमा मात्रै लाग्ने, अलिकति असहमति वा फरक विचार राख्नेलाई भने शत्रु ठान्ने गरिएको भन्दै पार्टी जीवनलाई अस्वस्थ बनाएको बताएका छन्। अब यसलाई हटाएर स्वास्थ्य लोकतान्त्रिकरणको विधि र व्यवहार अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले लेखेका छन्, ‘पार्टी नेतृत्वमा पुगेपछि सिंगो पार्टी नभनेर संस्थापन भन्ने र आफ्ना अन्धसमर्थक र पक्षहरूको हितको निम्ति काम गर्ने, अलिकति असहमति वा फरक विचार राख्ने चिन्तनशील र सिर्जनशील साथीहरूलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने, आलोचना सुन्न परे कान टक्टक्याउने र भजनमण्डलीलाई स्थान दिन खोज्ने संकीर्णताले पार्टी जीवनलाई अस्वस्थ बनाउने भएकाले त्यस्ता तरिकाहरूलाई हटाउनु र स्वस्थ लोकतान्त्रिक विधि र व्यवहार अपनाउनु आवश्यक छ ।’
नेता थापाले वर्तमान अध्यक्ष केपी ओलीले नै पार्टी लोकतान्त्रिकरणका लागि भन्दै उठाएका दुई कार्यकाल र ७० वर्षे उमेरहद बारे महाधिवेशनसम्म नै स्वास्थ्य छलफल गर्नुपर्ने मत पनि राखेका छन्। गत केन्द्रीय कमिटीले यी दुईवटै व्यवस्थालाई खारेज गरेर संशोधित विधानको प्रस्ताव पारित गरेको छ। थाहा खबर
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam