शिक्षा समिति बैठक शुरु

काठमाडौं : प्रतिनिधि सभाको शिक्षा, सूचना तथा प्रविधि समितिमा शिक्षा विधेयकका सम्बन्धमा छलफल शुरु भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको सहभागितामा छलफल शुरु भएको हो। समितिले आज विधेयकलाई अन्तिम टुंगो लगाउने तयारी गरेको छ ।

शिक्षामन्त्री पन्तलाई सरोकारवालासँग थप समेत छलफल गरि समिति पेश गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए। मन्त्रीले सहमत गरेका कुरा समितिमा छलफल हुने छ।

यी प्रस्ताव माथि हुनेछ छलफल :

शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच बर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा नब्बे प्रतिशत प्राप्त गरेको हुनुपर्ने प्रतिवेदनको प्रस्तावित व्यवस्थाको सट्टा असी प्रतिशत गर्ने, नेपाल शिक्षक महासंघको पदाधिकारीको हैसियतले पाउने काजको सम्बन्धमा पूर्ण छात्रवृत्ति सम्बन्धी व्यवस्था अन्तर्गतका विषयमा छलफल हुने छ।

पूर्ण छात्रवृत्ति सम्बन्धी व्यवस्थाः

(१) निजी लगानीमा सञ्चालित विद्यालयले शिक्षा

सम्बन्धी प्रचलित कानूनमा तोकिए बमोजिम प्रदान गर्नुपर्ने छात्रवृत्ति पूर्ण छात्रवृत्तिका रूपमा उपलब्ध गराउनु पर्नेछ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा सम्झनु पर्छ।

(२) उपदफा (१) बमोजिमको छात्रवृत्ति अन्तर्गतको पोशाक सुविधा उपदफा (६) बमोजिमको गरिब तथा विपन्न विद्यार्थीको लागि मात्र उपलब्ध गराइनेछ ।

(३) विद्यालयले प्रत्येक शैक्षिक सत्रको प्रारम्भमा प्रचलित कानूनमा तोकिएको भन्दा कम नहुनेगरी छात्रवृत्तिको लागि विद्यार्थीको सिट संख्या निर्धारण गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा सोको विवरण पठाउनु पर्नेछ ।

(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता निज प्रधानाध्यापक रहेसम्म स्वतः निस्कृय हुनेछ र निज प्रधानाध्यापक रहँदासम्म महासंघको तर्फबाट कुनै गतिविधि गर्न पाउनेछैन।

(५) नेपाल शिक्षक महासंघको सदस्य भएको कारणले त्यस्तो सदस्यले थप सेवा सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारी वा दायित्व निर्वाह गर्नबाट कुनै किसिमको छुट पाउने छैन । (यहाँ रहेको काज भन्ने शब्द झिकिएको) थाहा खबर

TOP