गोमतीदेवीको नक्कली मृत्युदर्ता बनाउनेलाई कारबाही माग

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद रूपा सोशी चौधरीले कानुनतः मरिसकेकी गोमतीदेवी गिरी न्यायको खोजीमा हिँडेकी जनाउँदै उनलाई न्याय दिएर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन्।

बैठकको आकस्मिक समयमा उनले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–४ की गोमतीका श्रीमानले छ वर्षअघि निजको मृत्युदर्ता गरेकाले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिन्। छ वर्षपछि मात्र गोमतीदेवीले आफू मरिसकेको थाहा पाएकी थिइन्।

“स्थानीय तहमा मुचुल्काबिना मृत्युदर्ता गर्न मिल्छ कि मिल्दैन?, अज्ञानताले भएको हो भने सच्याउनुपर्छ, नियत वा मिलेमतोमा गरिएको हो भने दोषीलाई कारबाही गर्नुपर्छ”, सांसद चौधरीले भनिन्। जीवित पीडित गोमतीलाई न्याय दिन पनि उनले सरकारको ध्यानाकर्षण गराइन्। थाहा खबर

TOP