लोडसेडिङ भइरहेको छ भनेर फैलाइएको हल्ला निरर्थक : मन्त्री खड्का
काठमाडौँ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन्।
मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ। उनले विद्युत विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तीव्रताका साथ अगडि बढाइरहेको समेत बताए।
उनकाअनुसार हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भइरहेको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत आयात भइरहेको छ।
सरकारले विद्युत निर्यातको माध्यमबाट पाँच अर्ब बराबर मुनाफा भइरहेको उनको भनाइ छ। थाहा खबर
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam