२४ घण्टामा पाकिस्तानभर वर्षाजन्य विपद्बाट १९४ जनाको मृत्यु
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रवार गत २४ घण्टामा पाकिस्तानभर १ सय ९४ जनाको मृत्यु भएको बताएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रबार यसबारे जानकारी दिएको हो।
उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। जसमा १८० जनाको मृत्यु भएको छ। त्यसपछि पाकिस्तान नियन्त्रित कश्मीरमा नौ जनाको मृत्यु भएको छ भने उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ।
अधिकारीहरूले उत्तरी र उत्तरपश्चिमी क्षेत्रहरूमा भारी मनसुनी वर्षाका कारण भएको बाढी, पहिरो र घर भत्किँदा मृत्यु भएको बताएका छन्। गिर्बीट सरकारका प्रवक्ता फैजुल्लाह फाराकले अचानक आएको बाढीले सडक, पुल, घर, विद्यालय, पानी ट्याङ्की र कृषि जमिनमा पनि क्षति पुर्याएको बताए।
अधिकारीले भने कि धेरै व्यक्तिहरू बेपत्ता छन्। उद्धार टोलीहरूले चुनौतीपूर्ण अवस्थाको बाबजुद खोजी कार्य सञ्चालन गरिरहेका छन्। जुनको अन्त्यदेखि, मौसमी वर्षाले पाकिस्तानमा देशभर ५ सय भन्दा बढीको ज्यान लिएको आधिकारिक तथ्याङ्कले देखाएको छ। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam