चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा
काठमाण्डौ – चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले हिजो धरौटीमा छाड्न आदेश दिएको थियो ।
गएको भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङको एक रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले चक्रे मिलनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
यही साउन १५ गते जन्मदिन मनाइरहँदा काठमाण्डौ महाराजगञ्जबाट उनी पक्राउ परेका थिए ।
प्रहरीले चक्रेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरी वृत्त थिमिमार्फत सरकारी वकिलको कार्यालय भक्तपुरमा साउन २३ गते बयान गराएको थियो ।
हिजो बकपत्र र थुनछेक बहस सकिएपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो । वैखरी
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam