परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

काठमाडौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेट भएको छ।

आइतवार सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट भएको हो। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।

नेपाल भ्रमणका क्रममा मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गरेका छन्। थाहा खबर

TOP