उपराष्ट्रपति यादव र भियतनामका समकक्षी सुआनबीच भेटवार्ता

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ।

दुई देशका उराष्ट्रपतिबीच आज काठमाडौंमा भेटवार्ता भएको हो। भियतनामकी उपराष्ट्रपति समकक्षी यादवको निमन्त्रणमा तीन दिने भ्रमणका लागि नेपाल आएकी हुन्।

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। थाहा खबर

TOP