कपिलवस्तुका तिलकराम पाण्डेलाई विद्यार्थी संगठन समन्वय समितिको संयोजकको जिम्मेवारी


आगामी कार्तिक १७ गते हुने नेपाली कांग्रेस जिल्ला प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले कपिलवस्तुका तिलकराम पाण्डे (टी.आर) लाई विद्यार्थी संगठन समन्वय समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

नेविसंघ केन्द्रीय समितिले सोमबार जारी गरेको निर्णयअनुसार पाण्डेलाई निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक सम्पूर्ण तयारी तथा सञ्चालनको जिम्मेवारी दिएको हो ।

समितिको कार्यकाल उपनिर्वाचनको परिणाम घोषणा नभएसम्म रहनेछ भने निर्वाचन परिणाम सार्वजनिक भएको एक हप्ताभित्र कार्यविवरण प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जिम्मेवारी पाएलगत्तै पाण्डेले भने, “नेविसंघले विश्वास गरेर दिएको जिम्मेवारीलाई म इमानदारीका साथ पूरा गर्नेछु ।

कपिलवस्तु जिल्लामा हुने निर्वाचनलाई निष्पक्ष, व्यवस्थित र सफल बनाउन मेरो सम्पूर्ण ध्यान रहनेछ । संगठनलाई अझ मजबुत बनाउने दिशामा हामी सक्रिय हुनेछौं ।” वैखरी

TOP