एक लाखमूनिका बचतकर्तालाई रकम फिर्ता गर्दे इमेज सहकारी
काठमाडौं : इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख मूनि बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। बागलुङका एक लाखमूनि बचत रहेका ६ सय १३ बचतकर्ताको रकम फिर्ता गरिसकेका सहकारीले पोखरा शाखाका १५८ जनाको रकम फिर्ता गर्न सुरु गरेको हो।
सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले पोखरा शाखामा ५२४ जनामध्ये १५८ जना बचतकर्ताको एक लाखभन्दा कम बचत रहेको जानकारी दिए। उनीहरुलाई क्रमशः रकम फिर्ता गर्ने कार्कीले बताए। एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्लीको मुल्यको घर घडेरी उपलब्ध गराउने उनको भनाइ छ।
समितिले पर्वतको मिना ग्रुप प्रालिसँग सहकार्य गरी बचतकर्ताको रकम फिर्ता गरेको हो। बचतकर्ताको रकम फिर्ता गरेवाफत् सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमतीको नाममा रहेको सम्पूर्ण घरजग्गा प्रालिलाई हस्तान्तरण गर्ने सम्झौता भएको समितिका संयोजक कार्कीले बताए। थाहा खबर
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam