भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
काठमाडौं : राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भिजिट भिसामार्फत कुवेत लगेर झन्डै ४० हजार महिला बेचिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले भिजिट भिसामा अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने गरेको देखिएको बताए।
उनीहरू अहिले एउटै घरमा बन्धकको रुपमा रहेको र उद्धारको माग गरिरहेको बताए। उनले सरकार र गृह मन्त्रालयले यसबारेमा स्पष्ट पार्नुपर्ने भन्दै सदनमा सरकारको जवाफ माग गरे। थाहा खबर
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
भदौ १५, २०८३
१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङबाट नेपाली सेनाको टोली फर्किएको छ…



ghanashyam