त्रिभुवन विमानस्थलमा यात्रुको चाप
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ। जेनजी आन्दोलनपछि विकसित परिस्थितिका कारण मंगलबार दिउँसोदेखि बन्द विमानस्थलबाट उडान शुरु भएपछि विमानस्थलमा यात्रुले चाप बढेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार बिहानैदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पूर्ववत अवस्था मै भइरहेको हो। विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । विमानस्थल प्रशासनले यात्रलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह समेत गरेको छ।
यसरी आवतजावत गर्दा आधिकारिक हवाइ टिकट र परिचय खुल्ने कागजात साथमा बोक्न पनि नागरिक उड्डयन प्राधिकरणको विमानस्थल कार्यालयले अनुरोध गरेको छ। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam