क्षतिग्रस्त प्रहरी कार्यालयको पुनःनिर्माण शुरु
काठमाडौँ : जेन–जी पुस्ताको आन्दोलनमा खण्डहर भएका तथा क्षति पुगेका प्रहरी कार्यालयहरूको पुनःनिर्माण कार्य शुरु भएको छ।
हातहतियारसहित कार्यालय तथा एकाइ छोडेर गएका प्रहरीहरू जिम्मेवारीमा फर्किन थालेसँगै आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना पुनःनिर्माणको कार्य शुरु भएको हो। काठमाडौंको तीनकुने र कोटेश्वरका प्रहरी कार्यालयहरू पुनःनिर्माणको काम शुक्रवार बिहानैदेखि थालिएको छ।
आन्दोलनका क्रममा कार्यालय छोडेर सुरक्षित स्थानतर्फ गएका प्रहरीलाई स्वागत गर्दै स्थानीय नै सुरक्षानिकायका संरचना पुनःनिर्माण गर्न अग्रसर भएका छन्। काटेश्वर व्यवसायी प्रज्ञा प्रतिष्ठान, कोटेश्वर व्यवसायी संघ र कोटेश्वर बहुमुखी क्याम्पसलगायत संस्थाहरूले ‘हाम्रो प्रहरी प्रभाग हामी नै बनाउछौं’ भन्ने अभियानका साथ पुनःनिर्माणको काम अघि बढाएको कोटेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सञ्जय बुढाथोकीले बताए।
कोटेश्वरमा देशभरकै नागरिक बस्ने भएकाले तथा आवश्यक सुरक्षा दिन नसक्दा चोरी डकैती बढेको उनको भनाइ छ। प्रहरीका क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्थानीय सरकार अग्रसर हुनुपर्नेमा उनको जोड छ।
यही २३ र २४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा चार दर्जनभन्दा बढी व्यक्तिको मुत्यु हुनुका साथै सिंहदरबारसहति राज्य संरचना ठूलो क्षति पुगेको छ। मृतकको शव व्यवस्थापनको काम समेत काठमाडौं महानगरपालिकाले शुरु गरेको छ। यद्यपि भौतिक पूर्वाधारहरूको क्षतिको मूल्याङ्कन गर्न शुरु भइसकेको छैन। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam