पार्टीको कार्यालय भवन अझै भव्य बनाउँछौँ : प्रचण्ड
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताएका छन्।
मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा अनुगमनका लागि पुगेका प्रचण्डले यस्तो घोषणा गरेका हुन्। उनले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइने बताए।
उनले पार्टीका माइन्युट बचेको र पुस्ताकालय बच्नु राम्रो पक्ष भएको बताए।
प्रचण्डले भने, ‘पार्टी कार्यालयका सबै कोठाको अवलोकन हामीले गर्यौँ। निकै ठूलो क्षति भएको देख्यौँ। क्षति त पुग्यो तर अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइनेछ।’
जेन जी आन्दोलनका क्रममा आन्दोलनकारीले माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam