मन्त्री घिसिङले विद्युत्को वितरण प्रणालीमा देखिएको समस्या पनि आजै समाधान
काठमाडौँ : ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत् आजैबाट चालु हुने बताएका छन्।
केही ठाउँमा विद्युत्का पोल बगाएको, केही ठाउँमा डुबानका कारण अवरुद्ध विद्युत् आजै बेलुकासम्म चलाउने गरी काम भइरहेको उनको भनाइ थियो।
आइतवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री घिसिङले लोडसेडिङ हुनुपर्ने कुनै पनि अवस्था नरहेको पनि स्पष्ट पारे। उनले पर्याप्त विद्युत् जगेडा भएकाले नेपालमा लोडसेडिङ हुनुपर्ने कारण नरहेको स्पष्ट पारे।
मन्त्री घिसिङले भने,‘विद्युत्को केही ठाउँमा पोल बगाएको छ। केही ठाउँमा डुबानका कारण अवरुद्ध छन्। ललितपुरको दक्षिणतिरका विकट ठाउँमा पोल ढलेका ठाउँमा छ। त्यो कारणले केही अवरुद्ध छ। केही ठाउँमा पोल ढलेको कारण केही समस्या छ। त्यसलाई आज दिनभरमा सबै ठाउँमा मर्मत गर्न टिम परिचालन भइसकेको छ। लोडसेडिङ हुनुपर्ने अवस्था पछि छैन।’
मन्त्री घिसिङले विद्युत्को वितरण प्रणालीमा देखिएको समस्या पनि आजै समाधान हुने बताए। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam