दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आह्वान

काठमाडौं : मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रकृया थप अन्योलतर्फ धकलिएको छ।

मुख्यमन्त्री सतिसकुमार सिंहले हिजो राजीनामा दिए सँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज अपराह्न चार बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आह्वान गरेकी छन्।

नेपाली कांग्रेस र एमालेका ४३ सांसदको समर्थनसहित कांग्रेस संसदीय दलका नेता कृष्णकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्न हिजै राति दाबी पेश गरिएको कांग्रेसका प्रमुख सचेतक कुमार कान्त झाले जानकारी दिए। तर, १०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सांसद चाहिन्छ।

दाबी पेश गरिए पनि जनमत पार्टीको अलमलका कारण मुख्यमन्त्री नियुक्त हुनेमा संशय कायम रहेको झाले बताए। केही दिनअघि मात्र जनमतमा फुट आउँदा त्यसको प्रभाव प्रदेश सरकार गठनमा पनि देखिएको हो।

उता, माओवादी, जता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी लगायत दलहरुले नयाँ गठबन्धनको प्रयत्न गरिरहेका छन्। उनीहरुबीच लेसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउनेगरी छलफल चलिरहेको छ।

अहिले आफूहरु आन्तरिक छलफलमा रहेको लोसपा सांसद रमिता प्रधानले जानकारी दिइन्। यो गठबन्धनमा सांसद संख्या ४५ छ। जनमतले कांग्रेस सहितको गठबन्धनलाई समर्थन गरे ५६ र लोसपा गठबन्धनलाई समर्थन गरे ५८ सांसद पुग्नेछन्। त्यसैले दुबै गठबन्धनले जनमतको निर्णय कुरिरहेका छन्।

जनमत पार्टी फुटेर दीपक साहको अध्यक्षतामा जनस्वराज पार्टी दर्ता भइसकेको छ। हिजो मुख्यमन्त्रीबाट राजीनामा दिएका यादवको झुकाव त्यतै रहेको बुझिन्छ।

आजैदेखि सांसदहरुलाई दल रोज्ने समय दिने तयारी निर्वाचन आयोगले गरेको छ। यस्तो अवस्थामा ६ सांसदले नयाँ पार्टी रोज्ने चर्चा छ। यसो भए कांग्रेसको नेतृत्वमा सरकार बनाउने सम्भावना कमजोर हुनेछ। थाहा खबर

रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…

TOP