नेकपा एमालेको सचिवालय बैठक सुरु
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरु भएकाे छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएकाे हाे।
बैठकमा महाधिवेशनसँग सम्बन्धित छलफल हुने पार्टीका मुख्यसचिव भिष्म अधिकारीले जानकारी दिए। उनका अनुसार मंसिर २७-२९ सम्म पोखरामा हुने ११औँ महाधिवेशनका लागि छनोटको विधि र संख्याबारे निर्णय हुनेछ।
यसपटक १२ सय बराबर तीन प्रतिनिधि छनोट गर्नेगरी सल्लाह भइरहेको छ। एमालेमा हाल ६ लाख ६३ हजार पार्टी सदस्य कायम छन्।
यस्तै महाधिवेशनका लागि विभिन्न समिति तथा उपसमिति गठन र जनपरिचालनबारे आवश्यक निर्णय गर्नेछ। महाधिवेशनसँगै एमाले प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनपरिचालनको योजना ल्याउने रहेको बताइएको छ। थाहा खबर
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam