साझेदारहरूसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयासहरु
संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयासहरु गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमास र इजरायलबिचको युद्धविराम सम्झौता भएको लामो समय पछि पनि राहत प्रयासहरू जारी रहेको जनाएको छ।
मानवीय मामिला तथा आपतकालीन राहत संयोजकका लागि संयुक्त राष्ट्रसङ्घका उपमहासचिव टम फ्लेचरले विज्ञप्तिमा जारी गर्दै १० लाख भन्दा बढी मानिसलाई खाद्यान्न सहायता प्रदान गर्ने, पोषण केन्द्रहरू पुनः खोल्ने र खोप अभियान पुनः सुरु गर्ने जनाएका छन्। यसका साथै उनले पानीका लाइनहरू मर्मत गर्ने, अस्पतालहरूलाई पुनस्र्थापना गर्ने र सञ्चालनमा ल्याउने जाडोको कपडा वितरण गर्नुका साथै मनोसामाजिक सहायता सेवाहरू प्रदान गर्ने जस्ता मानवीय कार्यहरू जारी रहेको बताएका छन्।
यद्यपि धेरै अवरोधहरू बाँकी रहेको जनाउँदै यसलाई पार गर्न, आवश्यक मानवीय साझेदारहरूलाई सक्षम बनाउन, थप सिमाहरु मार्गहरू खोल्न र निरन्तर शान्ति सुरक्षा प्रवर्द्धन गर्न काम गरिरहेको फ्लेचरले बताउनु भएको छ।
प्रतिबन्धहरू कम भएमा संयुक्त राष्ट्रसंघले जीवन बचाउन अझ धेरै कार्य गर्न सक्ने उल्लेख गर्दै उनले नाजुक अवस्था र निरन्तर अवरोधहरूको बाबजुद, संयुक्त राष्ट्रका एजेन्सीहरू तथा साझेदारहरू गाजामा सहायता पुगाउन निरन्तर सक्रिय रहेको जनाएका छन्। थाहा खबर
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam