कार दुर्घटनामा बिरामी बुवाको मृत्यु
उपचारका लागि सोमबार अस्पताल जाँदै गर्दा भएको कार दुर्घटनामा बिरामी बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रित भई दुर्घटना भएको थियो । सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलबाट खोल्सामा खसेको कारमा सवार ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका छोरा कार चालक हरिशचन्द्र घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार घाइतेको अवस्था सामान्य छ । पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।
कारमा बाबु-छोरा मात्र सवार थिए । अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ माझागाउँका मृतक पौडेल गाउँपञ्चायतको पूर्वप्रधानपञ्च तथा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति हुन् । वैखरी
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam