जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र
बाराको सिमरा चोकमा मङ्गलबार जेनजी बारा समितिको कार्यक्रममा नेकपा एमाले निकट समूहले आक्रमण गरेर माहोल अशान्त बनाएको जेनजी मधेश प्रदेश संयोजकले बताएका छन् ।
उनका अनुसार जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका जेनजी युवाले कुटपिट हुँदा दर्जनौं घाइते भएका मधेश प्रदेश संयोजक शिव यादवले बताएका छन् ।
जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र रहेको बताएका छन् ।
यादवका अनुसार, सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुँदै गर्दा परवानीपुरस्थित एमालेको कार्यक्रमबाट परिचालितले कार्यक्रम भाँडेका हुन् ।
जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्दै यसलाई आन्दोलनलाई बदनाम गर्ने दुष्प्रयास भनी यादवले बताएका छन् ।
घटनाको मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको आरोप लगाउँदै यादवले उनलाई मधेश निषेध गर्न र संलग्न गुण्डाहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
‘मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेशको शान्ति सुरक्षामै खलल पुर्याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु,’ उनले लेखेका छन् । वैखरी
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam