राम कार्कीले पूँजीवाद जब्बर बनेको भन्दै त्यसविरुद्ध लड्न युवाहरूलाई अघि

काठमाडौं : वामपन्थी नेता राम कार्कीले पूँजीवाद जब्बर बनेको भन्दै त्यसविरुद्ध लड्न युवाहरूलाई अघि सारेको बताएका छन्। आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा उनले यस्तो धारणा राखेका हुन्।

तत्कालीन माओवादी केन्द्रभित्रको प्रसंग जोड्दै नेता कार्कीले प्रयास गर्दा पुराना नेतृत्वलाई प्रतिस्थापन गर्न नसकेको बताए। त्यसपछि उनले आत्मालोचना पनि गरे।

कार्कीको भनाइः–

हामीले सदविचार निर्माण गर्न खोजेका हौँ। हामीले हाम्रो नेतृत्वलाई प्रतिस्थापन पनि गर्न पनि सकेनौँ, उनीहरूका शैली सोच फेर्न पनि सकेनौँ। उनीहरूलाई फ्याँकेर राम्रो मान्छेलाई नेतृत्वमा लान पनि सकेनौँ। यसका लागि आत्मालोचित छौँ। प्रयास गरिएकै हो, सकिएन त के गर्नु !

अब हामी त्यो काममा लागेका छौँ युवाहरूलाई अघि सारेर। सामन्तवादविरुद्ध त हिजो लडिएकै हो। अहिले पूँजीवाद जब्बर बन्यो। हाम्रो आन्दोलनलाई प्रदूषित गर्यो। यसविरुद्ध लड्न युवाहरूलाई अघि ल्याएका छौँ। हामी नजिक बसेर हेछौँ। हामी कार्यकारी रहँदैनौँ। थाहा खबर

TOP