शिक्षक महासंघले भन्यो- विगतको सरकारसँग भएका ९ बुँदे सहमति कार्यान्वयन गर्नुस्
नेपाल शिक्षक महासंघले केपी ओली नेतृत्वको सरकारसँग विगतमा भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न शिक्षामन्त्रीसँग माग गरेको छ।
मंगलबार शिक्षामन्त्री महावीर पुनलाई भेटेर सरकारसँग विगतमा भएका सहमती कार्यान्वयसहितका विभिन्न माग गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
‘हामीले शिक्षक सरुवा निर्देशिकाको खारेजी, गएको वैशाख १७ गते मन्त्रिपरिषद् बैठकले गरेका नौबुँदे निर्णयको कार्यान्वयन, स्थानीय भत्ताको उपलब्धता, शिक्षकहरूको रोकिएको तलब तुरुन्तै निकासा गर्नुपर्ने लगायका माग गरेका छौँ,’ अध्यक्ष सुवेदीले भने, ‘हाम्रा मागमा शिक्षामन्त्री पुनले म यस विषयमा सोधखोज गर्छु, बुझ्छु भन्नु भएको छ।’
सुवेदीले देशका केही पालिकाहरूले परिषद् गर्न नसक्दा शिक्षकहरूको तलब भक्ता रोकिएको विषयमा पनि मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए। वैखरी
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam