हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन
ढल्केबर : धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ। मस्तिष्क घातका कारण उनको निधन भएको बताइएको छ।
गत बिहीबार राति उहाँलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो। सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि यादवलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो।
काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा सोमबार राति उहाँको निधन भएको हो। नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारका अनुसार उच्च रक्तचापका कारण नगर प्रमुख यादवलाई मस्तिष्कघात भएको थियो।
५५ वर्षका यादव नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित थिए। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam