विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित
घनश्याम भर
विजयनगर, कपिलवस्तु ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा गाउँपालिकाका विभिन्न स्थानमा ४ ओटा मोटरेबल पक्की पुल निर्माणका लागि बजेट विनियोजन भई सुनिश्चित भएको जानकारी दिए । उनलेे खुशी व्यक्त गर्दै यसका बजेट विनियोजनका लागि पहल, सहयोग र समन्वय गर्नेलाई धन्यवाद दिए ।
अध्यक्ष थापाका अनुसार आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उज्ज्वलपुरदेखि भगिरामपुर गौरीघाटस्थित चिरई खोलामा, पत्थरदेइयादेखि परसोहिया जोड्ने भटनी घोलामा, देवीपुरको लोनिया टोलदेखि नौरङ्गियासम्मको विशवा घोलामा तथा नौरङ्गियादेखि अमृतडिहवा-चरङ्गहवा जोड्ने खोलामा मोटरेबल पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
उनले यी पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीयवासीले भोग्दै आएको आवागमनको समस्या समाधान हुने बताउँदै वर्षायाममा यातायात सेवा सहज बन्ने तथा शिक्षा, स्वास्थ्य, कृषि र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष थापाले पुल निर्माणका लागि बजेट सुनिश्चित गराउन सहयोग पुर्याउने संघीय सरकार, जनप्रतिनिधि तथा सरोकारवालालाई समयमै निर्माण सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरण गरिने बताए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam