नेकपामा क्लब बनाएर कचकच नगर्न असन्तुष्ट नेताहरुलाई गोकुल बास्कोटाको सुझाव
काठमाडौं । नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपा भित्रका असन्तुष्ट नेताहरुलाई क्बल बनाएर आलोचना नगर्न चेतावनी दिनुभएको छ ।
उहाँले नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतलाई धेरै कचकच गर्दै बस्नुभन्दा अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई निकाल्न चुनौती पनि दिनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्र्दै उहाँले तथ्यमा उभिएर खण्डन र विरोध गर्न असन्तुष्ट पक्षका नेताहरुलाई सझुाव दिनुभयो ।
कसैलाई केही हुन मन लाग्यो भनेर नहुने बताउदै उहाँले अहिले नेकपाको धेरै कुरा अन्तरिम भएकाले कसैले बालहठ गर्नुको अर्थ नभएको उहाँको भनाई छ ।
केपी ओलीकै कारणले नेकपा ठूलो पार्टी भएको र जनताले निर्वाचित गरेकाले उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने र महाधिवेशनमा नजादाँसम्म पार्टीमा दुई ओटा पाईलट रहने बैधानिक व्यवस्था नै रहेको बास्कोटाले तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, “हटाउन नै खोजेको भने आधिकारीक निकायबाट प्रक्रिया अगाडी बढाए भो नी, अव त अति भो कचकच । नेताहरुको तरिकाले कार्यकर्ता पनि वाक्क दिक्क भइसके । सकिन्छ मिलेर गरौँ सकिदैन भने आ आफ्नो पहिलाको पार्टी छ त्यतै लागौँ । सधैँ गनगन नगरौँ ।”
नेकपामा रहेका सवै शिर्ष नेताहरु लामो समयदेखि नेतृत्वमा रहेकाले कस्को क्षमता कति छ कस्ले देशका लागि कती गर्न सके भन्ने कुरा छर्लङ्ग रहेको बताउदै उहाँले कसैलाई ठूला कुरा नगर्न चेतावनी पनि दिनुभयो ।
सचिवालयको काम संख्या गन्ने मात्रै भएको टिप्पणी गर्दै उहाँले जे गर्नु पर्ने हो त्यो नगरेर गर्नु नपर्ने कुरामा अल्मलीएको बताउनुभयो ।
कुण्ठा मात्रै पोखेर फजुल कुरा गरेर राष्ट्रिय दायित्वलाई ओझेल नपार्न आग्रह गर्दै उहाँले कार्यकर्ताहरुलाई दन्त बझान गराउन र पाखुरा सुर्कन लगाएर समाधान नहुने तर्क गर्नुभयो।
नेता बास्कोटाले अहिले जे जति हल्ला भएपनि अन्त्यमा कुरा मिल्ने र पार्टीमा कुनै भूकम्प नआउने दावी पनि गर्नुभयो । उहाँले सरकारले सवै ठाउँमा काम गरिरहेको बताउदै हरेक निर्वाचन क्षेत्र र गाउँ गाउँमा गएर हेर्न सुझाव दिनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


