गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी म्याग्दीका छन् । मालिका र मंगलामा २/२ जना र बेनी र अन्नपूर्ण नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पर्वतको जलजला गाउँपालिका र महाशिला गाउँपालिकामा १/१ जना, बागलुङको बडीगाड र काठेखोला गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा १ जना र कालीगण्डकी नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ । ९ सय ३८ जना निको भएर घर फर्केका छन् । मृत्यु हुने ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


