ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन
ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ। ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेको थियो। गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी लामो समयदेखि अशक्त रहेको पारिवारिक स्रोतले जनाएको छ। ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दीर्घरोगी पूर्व राष्ट्रपति लीका शरीरका भित्री अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको संवाददाताहरुलाई जानकारी दिए।
पूर्व राष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति थिए। उनको कार्यकालमा चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो। रासस–एएफपी
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


