विश्वभर एकैदिन २ लाख ९२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिए
विश्वभर हिजो एकैदिन २ लाख ९२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार मात्रै विश्वभर २ लाख ९२ हजार ५ सय २७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् । अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा धेरै सङ्क्रमित थपिएका संगठनले जनाएको छ । ६ हजार ८ सय १२ जनाको भने ज्यान गएको छ ।
यसअघि गएको ९ गते २ लाख ८४ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएका थिए । हिजो मात्रै ब्राजिलमा सबैभन्दा धेरै ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४ सय ६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा हजार ६ सय ७० जना थपिएका डब्लूएचओले जनाएको छ ।
डब्लूएचओका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणका कारण अमेरिकामा १ लाख ५३ हजार, ब्राजिलमा ९२ हजार, मेक्सिकोमा साढे ४६ हजार, बेलायतमा ४६ हजार, भारतमा साढे ३५ हजार, इटालीमा ३५ हजार, फ्रान्समा ३० हजार र स्पेनमा २८ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
वल्डोमिटरका अनुसार विश्वभर अहिलेसम्म एक करोड ७७ लाख कोरोनाका सङ्क्रमित छन् भने ६ लाख ८२ हजार जनाको ज्यान गएको छ । एक करोड ११ लाख भने उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ५९ लाखमध्ये एक प्रतिशत अर्थात साढे ६५ हजारको अवस्था जटिल भए पनि बाँकी ५८ लाखको अवस्था सामान्य छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


