नेकपा विवाद समाधान गर्न प्रचण्ड- वामदेव भेट
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गर्नुभएको छ । आज विहान अध्यक्ष प्रचण्ड गौतमको भैसेपाटीस्थित निवास पुगेर छलफल गर्नुभएको हो ।उपाध्यक्ष गौतमले पार्टीको विवाद मिलाउन यहि श्रावण १३ गते ६ बुँदे प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिनु हुदैन भन्ने पक्षमा उभिएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ ।
अध्यक्ष प्रचण्डले गौतमसँग अहिलेको विवाद र समाधानका बारेमा छलफल गरेको बुझिएको छ । प्रचण्डले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीमै सबै समस्याको समाधान खोजिनुपर्ने बताउदै आउनुभएको छ ।
प्रधानमन्त्री ओलीले भने आफुले पार्टीको अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्ने बाहेक अन्य विषयमा मात्र छलफल गर्न तयार रहेको बताउनुभएको छ ।
यसअघि नेकपा अध्यक्षद्वय बीच हिजो छलफल भएपनि कुनै निष्कर्ष भने निस्किएको छैन ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


