मृतकलाई बचाउछु भन्ने वैद्य प्रहरीको नियन्त्रणमा
अर्घाखाँची -सितगगां नगरपालिका वडा नम्बर ५ थारपाइलामा सर्पले राति डसेपछि राति अस्पताल पुर्याउन नसकेको र गाउँघरमै झारफुक गरी राति सर्पले डसे पछि विषको असर शरीरमा देखिएपछि मात्र अन्दाजी ३५ वर्षिय स्थानीय यम बहादुर बेल्वासेलाइ अर्को दिन विहान मात्रै उपचारका लागि गोरुसिगेको सर्प दंशमा उपचार केन्द्रमा ल्याइएको थियो ।विरामी गंम्भिर प्रकृतिको भए पछि अस्पतालले बुटवल रिफर गरेको थियो।
अस्पताल पुराउदा अस्पतालले मृतक घोषण गरे पछि एम्बुलेन्स चालकको हातमा मृत घोषणा गरेको सटिफिकेट हातमा छ यता परिवारले अहिले एकाएक बैद्यले जीवित बनाउँछु भने पछि परिवारले अझै कुर्दै बसिरहेका छन ।
बैद्यले तांत्रिक विद्या लगाएर बचाउछु भने पछि परिवारले अस्पतालले मृतक घोषणा गरेकोको शवलाइ बाच्ने आसमा करिब ४ घण्टा देखि कुरीरहेका छन । आश मरिसकेको र दाहसंस्कारका लागी घाट लैजादै गर्दा त्यो कुराले उनीहरुमा आशाको किरण देखियो ।
विज्ञानले मृत स्विकारेको कुरा तान्त्रिकले स्विकारेनन् । उनले ४ घण्टा देखी प्रयास गरिरहेका थाहा पाएपछि त्यहाँ इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख बाबुराम बस्नेत सहितको टोलीले तान्त्रिक बैद्यलाइ नियन्त्रणमा लिएको छ ।शबलाइ भोलि बिहान दाहसंस्कार गर्ने स्थानीय युवा राजकुमार विकले बताउनु भएको छ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


