पाकिस्तानसँगकाे दाेस्राे टी-२० खेलमा इङ्ग्ल्याण्ड ५ विकेटले विजयी
काठमाण्डौ – घरेलु टिम इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।
म्यानचेस्टरमा गएराति भएको खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।
ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
इङ्ग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ६६ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै डाविड मालनले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्ग खेले ।
त्यसबाहेक इङ्ग्ल्यान्डका जोनी बेयर्स्टोले ४४ तथा टम बानटनले २० रन बनाए । पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।
दोस्रो ट्वान्टी–ट्वान्टीमा जित निकालेसँगै तीन खेलको सिरिजमा इङ्ग्ल्यान्डले १-० को अग्रता बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल भोलि हुनेछ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


