ललितपुरको चक्रपथ प्रवेशमा कडाइ

ललितपुर – बिहीबार पाटनमा झडप भएपछि ललितपुरको चक्रपथभित्र शुक्रबार दिनभरिको लागि कर्फ्यु लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले बिहान ४ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु लगाइएको हो । बिहीबार राति अबेर मात्रै कर्फ्युको घोषणा भएकाले तरकारी, खाद्यान्नलगायतका अत्यावश्यक सर-सामान किन्ने तथा अत्यावश्यक कामले हिँडडुल गर्नुपर्नेहरुलाई समस्या भएको छ । 

शुक्रबार बिहानै तरकारी, खाद्यान्न किनेर फर्किएका तथा अरु कामले ललितपुरको चक्रपथभित्र जानुपर्नेहरुलाई प्रहरीले रोकेको छ । यसअघि निषेधाज्ञा भए पनि बिहानीपख खाद्यान्न तथा तरकारी किन्न तथा अत्यावश्यक कामले हिँड्नेहरुलाई प्रहरीले रोकेको थिएन ।

प्रेस पास भएका पत्रकारलाई पनि प्रहरीले कडाइ गरेको छ । बिहीबार पाटनमा प्रेस लेखेको ज्याकेट लगाएका र क्यामरा बोकेका व्यक्तिले पनि प्रहरीलाई ढुंगा हानेको भन्दै कडाइ गर्नुपरेको प्रहरीले जनाएको छ ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP