सन्दीप लामिछाने आबद्ध जमैका तलावाज सेमिफाइनलमा
काठमाण्डौ – क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज सेमिफाइनलमा पुगेको छ ।
शुक्रबार बिहान सकिएको खेलमा गुयाना अमेजन वारियर्स ६ विकेटले विजयी भएसँगै जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै जमैका सेमिफाइलनमा पुग्ने निश्चित भएको हो ।
बिहान भएको खेलमा अमेजनले बारबाडोस ट्रीडेन्टस्लाई हरायो । आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौँथौ स्थानमा छ ।
पाँचौ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनल पुग्छन् ।
शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्सको आठ खेलबाट १६ अंक छ भने दोस्रो स्थानको अमेजनको १० खेलबाट १२ अंक छ ।
यसअघि वर्षाका कारण खेल नतिजाविहीन भएपछि जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँग अंक बाँडेको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


