कपिलवस्तुमा ७०० बोरा मल भित्रियो ,वितरण गर्न सुरु
कपिलवस्तु- कपिलवस्तुमा एक हजार ७०० बोरा युरिया मल भित्रिएको छ। बुधवार राति कृष्णनगरमा रहेको साल्ट ट्रेडिङमा ८५ टन युरिया आएकाले वितरण गर्न सुरु गरिएको कार्यालयले जनाएको छ।
लकडाउन यता मल अभाव भएको हुँदा तत्काल कृषकको पहुँचमा पुर्याउन वितरण गर्न सुरु गरिएको बताइएको छ। कपिलवस्तुभर कृषि सामग्री संस्थानका दुई डिपो र साल्ट ट्रेडिङका एक शाखाबाट मलको आपूर्ति गरिँदै आएको थियो।
कपिलवस्तुमा चालु आर्थिक वर्षमा पहिलो पटक मल आपूर्ति भएको हो। लकडाउनमा साल्ट ट्रेडिङको डिपोमा रहेको १४ हजार बोरा मल वितरण भएको थियो।जिल्लाभरी सहकारी संस्थामार्फत मल वितरण गरिँदै आएको साल्ट ट्रेडिङ कृष्णनगरका प्रमुख धिरेन्द्र सिंह श्रेष्ठले बताउनु भयो ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


