भारतको हिमाञ्चल प्रदेशका धार्मिक स्थल बिहीबारदेखि खुल्ने
काठमाण्डौ – भारतको हिमाञ्चल प्रदेशका धार्मिक स्थलहरु आउँदो बिहीबारदेखि खुल्ला हुने भएका छन् ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण पाँच महिनादेखि बन्द रहेका धार्मिकस्थलहरु बिहीबारदेखि खोल्न लागेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । मन्दिर तथा अन्य धार्मिक स्थलमा प्रवेश गर्ने र निस्कन बाटो फरक-फरक हुने, मन्दिरमा दूरी कायमलगायत स्वास्थ्य मापदण्ड भने लागू हुने हिमाञ्चल प्रदेश सरकारले जनाएको छ ।
यस्तै ६५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धा, १० वर्षभन्दा कम उमेरका बालबालिका र गर्भवती महिलालाई भने धार्मिक स्थलमा जान रोक लगाएको खबरमा उल्लेख छ । लकडाउन खोल्दै धार्मिक स्थलसमेत खुल्ला गरे पनि भारतमा कोरोना सङ्क्रमण भने बढिरहेको छ । गएको २४ घण्टामा ९१ हजार सात सय २३ जना सङ्क्रमित थपिएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ४२ लाख दुई हजार पाँच सयभन्दा धेरै भएको छ ।
यस्तै थप एक हजार आठ जनाको ज्यान गएर ज्यान गुमाउनेको संख्या ७१ हजार छ सय ८७ पुगेको छ । यस्तै विश्वमा गएको २४ घण्टामा दुई लाख २३ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । योसँगै विश्वमा दुई करोड ७२ लाख ७५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ लाख ८७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने एक करोड ९३ लाख ५८ हजारभन्दा धेरै निको भएका छन् ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


