नेकपा स्थायी समिति बैठक २६ गते बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यही भदौ २६ गतेका बोलाउने निर्णय भएको छ ।

आज बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि स्थायी कमिटी बैठक बोलाउने सहमित भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद बढ्दै गएपछि पटक–पटक सारिएको थियो । साउन १३ गतेपछि अनिश्चित कालका लागि स्थगित गरिएको बैठक अब २६ गते बस्ने भएको हो ।

गत साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।
सोही दिन अर्का अध्यक्ष प्रचण्डले बैठक पुनः सञ्चालन गर्नुभएको थियो ।

TOP