नक्कली नागरिकता लिएको आरोपमा हेटौँडाका उद्योगी पक्राउ

काठमाडौं । फर्जी कागजपत्र पेसगरी नेपाली नागरिकता लिएको आरोपमा हेटौँडाका उद्योगी विप्लपकान्ति बोस (विके) पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा ५९ वर्षीय बोसले फर्जी कागजपत्र पेसगरी नेपाली नागरिकता लिएको आरोप छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले झुठो विवरण पेसगरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले बोसलाई आज हेटौँडा – ५ गर्दोईबाट पक्राउ गरेको हो । पक्राउ परेका बोसलाई रौतहट प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले पक्राउको लागि मकवानपुर प्रहरीलाई पत्र लेखेपछि इलाका प्रहरी कार्यालय, पशुपतिनगरको टोलीले उनलाई पक्राउ गरेको हो ।

TOP