जडीबुटी सङ्कलन गर्न जुम्लीबासी पाटनतिर
जुम्ला – जुम्लाको तिला गाउँपालिका ९ को राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लाग्नुभएको छ । हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उहाँ यसपालि कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले पाटनतिर हिँड्नुभएको हो ।
रावत केही युवाको समूह लिएर जडीबुटी सङ्कलनमा जुट्नुभएको छ । ‘आम्दानीको कुनै स्रोत छैन’, उहाँले भन्नुभयो, ‘परिवारकोे गुजारा चलाउन हम्मेहम्मे भइरहेको छ । लगाएको खेतीबालीले छ महिना पनि खानै पुग्दैन ।’
रावतजस्तै अहिले जुम्लाका धेरै विपन्न नागरिक जडीबुटी सङ्कलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी (खिरौला) र पदमचाल जस्ता जडीबुटी सङ्कलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् ।
तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टोलीमा जडीबुटी सङ्कलन गर्न हिँड्नुभएको छ । उहाँले दुई दिनको पैदल यात्रापछि पाटनमा पुगिने बताउनुभयो ।
एक दिनमा सेतोचिनी सङ्कलनबाट न्यूनतम एक हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने उनीहरु बताउँछन् । सेतोचिनी सुकाएको प्रतिकिलो पाँच सय र काँचो प्रतिकिलो २५ रुपैयाँमा बिक्री हुन्छ । एक दिनमा एक जनाले एक क्विन्टलसम्म सङ्कलन गर्ने उनीहरुको भनाइ छ ।
जडीबुटी सङ्कलनका लागि आवश्यक खाद्यान्न, नुन, तेल, भाँडाकुँडा र लत्ताकपडा बोकेर जानुपर्छ ।
तातोपानी–७ सर्मीका प्रेम कुँवर पनि दशैँ खर्च जुटाउनका लागि एक महिना पाटनमै बस्ने योजनामा हुनुहुन्छ । अव्यवस्थित ढङ्गले सेतोचिनी सङ्कलन हुँदै जाँदा अहिले नजिक–नजिक पाउन छाडेको उहाँले बताउनुभयो । उहाँका अनुसार यसको बिउ नपाक्दै सङ्कलन गर्नाले लोप हुने खतरा बढेको छ । कात्तिकदेखि मङ्सिरसम्म राख्ने हो भने यसको बिउ पाक्छ तर हिजोआज पहिले नै सङ्कलन गर्ने प्रतिस्पर्धा चलिरहेको उहाँले बताउनुभयो ।
जुम्लामा अत्यधिक दोहन र चोरी निकासीका कारण लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी लोप हुन थालेको छ । अवैध चोरी निकासीका कारण पर्याप्त मात्रामा पाइने सेतोचिनी, धुपी, पाँचऔँले, सतुवा, पदमचाललगायत थुप्रै जडीबुटी पछिल्लो समय लोप हुँदै गएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


