कैलालीमा श्राद्धको खाना खाएका एक जनाको ज्यान गयो, एउटै टोलका १५ जना बिरामी
कैलाली – कैलालीमा श्राद्धको खाना खाएका एक जनाको ज्यान गएको छ । एउटै टोलका १५ जना बिरामी भएका छन् ।
गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । बाँकी १५ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
तीन जनाको नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् ।
सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको जानकारी दिनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


