बलिवुड अभिनेत्री पायल घाेषले अनुराग कश्यपमाथि याैन उत्पीडनकाे आराेप लगाइन्
काठमाण्डाै – बलिवुड अभिनेत्री पायल घोषले फिल्म निर्देशक तथा निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् ।
पायल घोषले अनुराग कश्यपको ट्विटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले मसँग जबर्जस्ती गरे । नरेन्द्र मोदीजी उनीविरुद्ध कारबाही गर्नुस् र सत्य के हो देशले थाहा पाओस् । यो भन्नु मेरो लागि नोक्सानदायी र सुरक्षाको खतरा हो । कृपया मद्दत गर्नुस् ।’
पायलको यो ट्वीटलाई अभिनेत्री कङ्गना रनावतले रिट्वीट गर्दै मीटू ह्याशट्याग लगाउँदै लेखेकी छिन्, ‘सबै आवाजले उत्तिकै महत्त्व राख्छ । अनुराग कश्यपलाई पक्राउ गर ।’
पायल घोषको यो ट्वीटलाई रिट्वीट गर्दै राष्ट्रीय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पूरै घटनाको जानकारी माग्नुभएको छ ।
यसै विषयमा अनुराग कश्यपले मध्यरात साढे १२ बजेतिर चार वटा ट्वीट गरेका छन् । उनले ट्वीटमा आफूमाथि लागेको आरोप तथ्यहीन भएको बताएका छन् ।
विशेषगरी अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिवुडमा आरोप–प्रत्यारोप बढिरहेको छ ।
सुशान्त सिंह राजपूतका परिवारले अभिनेत्री रिया चक्रवर्तीमाथि आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन् । मुद्दा दर्ता भएपछि रिया चक्रवर्ती एक वर्गको निसानामा परेकी छिन् ।
यो मुद्दामा मिडियाले उठाएको बहसलाई मिडिया ट्रायलको नाम पनि दिइएको छ । केही व्यक्तिहरु यो कदमको आलोचना गर्दै अदालतको निर्णय कुर्नुपर्ने बताइरहेका छन् ।
यी दुई पक्षबीच अहिले बलिवुड बाँडिएको देखिएको छ । अनुराग कश्यप पनि यस विवादको केन्द्रमा छन् । अभिनेत्री कङ्गना रनावत र अनुरागबीच सामाजिक सञ्जालमा धेरैजसो मौखिक लडाइँ भइरहन्छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


