लगातारको झरीका कारण रसुवागढी नाकामा सामग्री लोड-अनलोड कार्य प्रभावित
रसुवा – चीनले रसुवागढी नाकाबाट बुधबारदेखि सामग्री आयात सुरु गरेको भए पनि लगातारको झरीका कारण लोडअनलोड कार्य प्रभावित भएको छ ।
चीनले बुधबार एउटा चिनियाँ ट्रकमा ल्याएको स्वास्थ्य सामग्री नेपालतर्फ ल्याए पनि हिजो आएका सामग्री वर्षाको कारण नेपालतर्फ ल्याउन नसकिएको रसुवा भन्सार कार्यालयले जनाएको छ । काेराेना भाइरसका कारण नेपालमा चिनियाँ सामग्री सिधैं आउँदैन । पहिले चीनको पाङसिङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेका भए पनि अहिले चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर झार्ने गरेका छन् ।
मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले गएर ल्याउनपर्ने भएकाले समस्या हुँदै आएको छ । हिजो आएको सामग्री वर्षाको कारण चिनियाँ पक्षले झारेको थिएन । ती सामग्री आज मात्र नेपालतर्फ ल्याइनेछ । झण्डै तीन हप्ता बन्द भएर सञ्चालनमा आएको नाकाबाट न्यून सामग्री आयात भइरहेको छ ।
रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार दैनिक पाँच वटा चिनियाँ ट्रकले सामग्री ल्याउने छन् । यही परिमाणमा सामग्री आए दशैंका लागि आयात गर्न लागिएका सामग्री पनि समयमै नआउने भएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।
यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


